'नयाँ सरकार बन्न थालेपछि  रास्वपा बाहिरिन्छ' : सचेतक परियार

 काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नयाँ गठबन्धनको सरकार बन्ने प्रक्रिया सुरु हुने बित्तिकै सरकारबाट बाहिरिने निर्णय गरेको छ । 
आजको बसेको रास्वपाको बैठकले वर्तमान गठबन्धनमा सहभागिता नजनाउने प्रमुख सचेतक सन्तोष परियारले बताए । 

पार्टीको आकस्मिक बैठकपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उनले अहिलेको राजनीतिक घटनाक्रमले देशलाई स्थायित्व नदिने बताए ।