एमाले–कांग्रेस मिलेर सरकार बनाउने कुरा संवैधानिकनभएको अग्नि सापकोटाको जिकिर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कांग्रेस–एमाले मिलेर सरकार बनाउने कुरा संवैधानिक नभएको जिकिर गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले दुई दलबीचको सहमति अप्रत्याशित भएको र संवैधानिक नरहेको उल्लेख गरे ।  लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित भएर कांग्रेस र एमालेबीच सहमति नभएको स्पष्ट पारे ।

देशका पहिलो र दोस्रो ठूलो पार्टी मिलेर बन्ने भन्नेकुरा नै प्राकृतिक नभएको जिकिर उनको थियो । कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा अग्रगमनतिर भन्दा पश्चगमनतिर जाने संकेत देखापरेको उनको भनाइ थियो ।