लुम्बिनीका मुख्यमन्त्री चौधरीले बिहीबार विश्वासको मत लिने

 दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार विश्वासको मत लिने तयारी थालेका छन् । मुख्यमन्त्री चौधरीले चैत २२ गते बिहीबार संसदबाट विश्वासको मत लिने नर्णय भएको हो ।

मंगलबार बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले विश्वासको मत लिन बिहीबार दिउँसो ४ बजे विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए ।