आज ६७औँ सहकारी दिवस मनाइँदै, देशभर छन् करिब ३० हजार सहकारी !

 काठमाडौँ - ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका साथ मंगलबार ६७औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै छ । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा दिवस मनाइन्छ ।

देशभर अहिले करिब ३० हजारको संख्यामा सहकारी रहेको तथ्यांक छ । यो क्षेत्रमा झण्डै ६० लाख सदस्य छन् । सहकारी क्षेत्रले ५० हजारलाई प्रत्यक्ष तथा पाँच लाखलाई अप्रत्यक्ष रोजगारी, कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान गरेको सहकारी बताइन्छ ।

संख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर बढ्न सकेको छैन । धेरै संस्थाको कारोबार जोखिमपूर्ण देखिएको छ । सरकारले प्राथमिकता दिएका कृषिजन्य उत्पादन, प्रशोधन, बजारीकरणका साथै सेवा क्षेत्रमा सहकारीले अपेक्षित योगदान दिन सकेका छैनन् ।