प्रतिनिधिसभा बैठक जारी {LIVE}

काठमाण्डौँ - संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक जारी छ । आजको बैठकमा तीन मन्त्रीले सांसदको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । 

आज वन तथा वातावरण मन्त्रालय, संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् । 

यस्तै, बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिमा सदस्यको नाम पनि हेरफेर गर्ने कार्यसूची छ । साथै, उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले ‘बिम्स्टेक बडापत्रको प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने पनि कार्यसूची छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको, ‘विधायनसम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।