आईसीसी यू–१९ विश्वकप क्रिकेट : आज नेपाल भारतसँग भिड्दै 

काठमाण्डौ - आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो १ बजर ४५ मिनेटमा दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिन मैदानमा सुरु हुँदैछ । सुपर सिक्सका दुई खेल अगावै विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएको नेपालका लागि यो अन्तिम खेल हो ।
सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

 अहिलेसम्म भारतले सर्वाधिक ५ पटक यू–१९ विश्वकपको उपाधि जितेको छ। अष्ट्रेलियाले तीन पटक उपाधि हात पारेको छ भने पाकिस्तानले दुई उपाधि उचालेको छ । बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले एक एक पटक उपाधि जितेका छन् ।