images

एमालेको चियापानमा सहभागी शिर्ष नेताहरु (तस्वीरहरू)

काठमाण्डौँ - नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता सहभागी भएका छन् । 

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी०का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका महासचिव नेत्रविक्रम चन्द लगायत नेता सहभागी भएका छन् ।

त्यस्तै, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद मिमिल्सिना पनि सहभागी थिए। उनीहरूलाई अध्यक्ष ओली लगायत नेताहरूले स्वागत गरेका थिए । दशैं, तिहार तथा छठ पर्वको अवसरमा एमालेले चियापान कार्यक्रमको आयोजना गरेको हो ।

बुधबार १५ कात्िक २०८० ०४:०८ PM मा प्रकाशित

प्रतिक्रिया