सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन तोलामा तीन हजारले बढ्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ३०० रुपैयाँमा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेकोे महासंघले जनाएको छ ।