राइड सेयरिङविरुद्ध ट्याक्सी चालकद्धारा विरोध प्रदर्शन  

काठमाडौँ । ट्याक्सी चालकहरू प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार बिहान मध्यपुर थिमि नगरपालिका वडा नम्बर ६ कमलोटारबाट ट्याक्सी चालकहरूले प्रदर्शन सुरू गरेका थिए ।

त्यहाँ मेडिकल व्यवसायी दुर्गा प्रसाईको घर छ । प्रसाईको अगुवाइमा ट्याक्सी चालकहरूले प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी महोमणि अधिकारीका अनुसार राइड सेयरिङ एपको भाडा दर र ट्याक्सीमा हुने भाडा दर फरक हुनुपर्ने, रातो प्लेटका सवारी साधनले यात्रु बोक्न नहुनेलगायत माग राख्दै चालकहरूले प्रदर्शन गरेका हुन् ।

व्यवसायी प्रसाईंको नेतृत्वमा उनीहरूले जडीबुटीमा बीच सडकमै ट्याक्सी राखेर सडक अवरोध गरेका थिए । केही समय सडक बन्द भएकोमा अहिले प्रहरीले ट्याक्सी हटाएर सडक सञ्चालन गरिसकेको छ ।