इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दबाब

 काठमाण्डौँ - खाना पकाउने ग्यासलगायत इन्धनमा भएको मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई चौतर्फी दबाब बढेको छ । नागरिक समाजका अगुवा, उपभोक्ता अधिकारकर्मी, युवा नेता, विद्यार्थी, कलाकार, लेखक तथा पत्रकारलगायतले महँगी नियन्त्रण गर्न र मूल्यवृद्धि फिर्ता लिन दबाब दिएका हुन् ।

सामाजिक सञ्जालमार्फत उनीहरुले चाडपर्वको मुखमा उपभोक्तालाई सहुलियत दिएर आफ्नो दायित्व पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । विपक्षी र सत्तारुढ दलकै नेताहरुले पनि महँगी नियन्त्रण हुन नसकेको भन्दै टिप्पणी गरेका छन् ।