सुनको मुल्य आठ सय रुपैयाँले घट्यो, प्रतितोला मुल्य कति ? 

 काठमाण्डौँ - सुनको भाउ आज फेरि तोलामा आठ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अघिल्लो हप्तामा पनि समग्रमा सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँले घटेको थियो ।

यस्तै, आज चाँँदीको भाउ पनि घटेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।