वर्षाका बेला हैजा र झाडापखालाबाट कसरी बच्ने ? 

काठमाडौँ - वर्षायाम सुरु भइसकेको छ । जसले गर्दा देशभरका साना(ठूला खोलानाला बढेका छन् । यो मौसममा बाढी पहिरोको जति जोखिम हुन्छ त्यतिनै हामीले खाने खानेपानीको मुहानहरू दूषित हुने जोखिम हुन्छ ।

वर्षातको मौसममा बाढी पहिरोले गर्दा हामीले खाने पानीको मुहान फोहोर हुने तथा खानेपानीको पाइपमा दुषित पानी मिसिने गर्छ। जसले गर्दा हामीले झाडापखाला तथा हैजाको जोखिम उच्च हुने गर्छ। त्यसैले यो मौसममा हामीले खानेपानीको शुद्धतालाई विशेष ध्यान दिनु पर्छ। 

बर्षातको मौसममा शुद्ध पानी कसरी खाने ?

( उमालेर वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिऔँ ।

( खानेपानीलाई सधैं सफा भाँडामा ढाकेर राखौं। सफा भाँडाले मात्र खानेपानी निकालौं ।

( खानेकुरालाई राम्ररी पकाएर मात्र खाऔं। सडेगलेको, बासी र झिङ्गा भन्केका खानेकुरा नखाने । खानेकुरा सफा भाँडाले ढाकेर राखौं ।

( खाना बनाउनु अघि, खाना खानु वा खुवाउनु अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यलय छिर्नुअघि, बाहिरी सामान छोएपछि साबुन पानीले कम्तिमा २० सेकेन्डसम्म मिचिमिचि हात धोऔं ।

( साबुन पानी उपलब्ध नभएमा स्यानिटाइजर प्रयोग गरौं ।

( दिसा पिसाब चर्पीमा मात्र गरौं र बालबालिकाको दिसा पिसाबलाई पनि चर्पीमा नै फ्याकौं।

( झाडापखाला भै हालेमा तुरुन्त पुर्नजलीय झोलसँगै प्रशस्त मात्रामा पोषिलो झोलिलो खानेकुरा खाऔं।

(हैजा तथा झाडापखालाका लक्षणहरु देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।