आजको विनिमयदर कस्तो छ ? 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सोमवार अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

आइतबार दुइ पैसाले बढेको अमेरिकी डलर सोमबार भने स्थिर रहेको छ। सोमबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम गरिएको छ । यसअघि सोमबार पनि सोहि मूल्यमा यसको कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरो ६४ पैसाले वृद्धि भएको छ। सोमबार युरो एकको खरिददर १४३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६४ पैसा कायम गरिएको छ। सोमबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ २० पैसा कायम गरिएको थियो ।

सोमबार बेलायती पाउण्ड स्टर्लिङ एक रुपैयाँ ७१ पैसाले बढेको छ। यसको खरिददर १६४ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ एक पैसा तोकिएको छ । आइतबार यसको खरिदमूल्य १६२ रुपैयाँ ५४ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ४६ पैसामा कारोबार भएको थियो ।