रेशम चौधरीले आफ्नै पार्टीका चारजनाको हत्या गर्ने धम्की दिएको आरोप

काठमाडौँ - नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सुदूरपश्चिम प्रदेश सरकार ढले चारजनाको हत्या गर्ने धम्की दिएको आरोप लगाइएको छ ।

नागरिक उन्मुक्ति पार्टी नाउपाका संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले चौधरीले आफूसहित चारजनाको हत्या गर्ने धम्की दिनुभएको बताएका छन् । 

आज पार्टी केन्द्रीय कार्यालय अनामनगरमा रेशम पक्षधरले कुटपिट गरेपछि पत्रकार सम्मेलन गर्दै विश्वकर्माले आफ्नो हत्या हुन सक्ने धम्की आएरले सुरक्षाको माग गरेका हुन् ।