वैदेशिक रोजगारीमा जानेको मासिक तलब एक लाख तोक्न  सांसदको माग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद रामकुमार राईले वैदेशिक रोजगारीमा जानेहरूको मासिक तलब एक लाख तोक्न माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा रोजगारीमा गएकाहरूले काम नपाएर जेलमा जसरी बस्नुपरेको बताए ।

उनले भने, “वैदेशिक रोजगारीमा विशेष गरेर फ्री भिसामा जानेहरूलाई डेढ लाखदेखि दुई लाख दिएर पठाइरहेको छ । तर, कतिले काम पाइरहेको छैन । भनिरहेको कम्पनीमा काम पाइरहेको छैन । बेरोजगार भएर जेलमा जसरी बस्नुपरेको छ । विदेश पठाउँदा कम्तीमा यहाँका नेपाली दाजुभाइहरूलाई एक लाख बराबरको महिनाको तलब तोकेर मात्र पठाउने गरियोस् ।”