'चीन भ्रमणले दुई मुलुकबीचको आपसी सद्भाव, सम्मान र विश्वासको जग बलियो बनेको छ' : उपप्रधानमन्त्री श्रेष्ठ

 काठमाडौँ - उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणले दुई मुलुकबीचको आपसी सद्भाव, सम्मान र विश्वासलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरेका छन् । 

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भ्रमणबाट दुई देशको विद्यमान ऐतिहासिक मित्रवत् सम्बन्धलाई अझ उचाइमा पुर्याएको उल्लेख गरे ।

चिनियाँ कम्युनिष्ट पार्टीका राजनीतिक ब्यूरोका केन्द्रीय कमिटी सदस्य तथा चीनका परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा यही चैत ११ देखि १९ गतेसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानन्त्री श्रेष्ठ चीन भ्रमणमा रहेका थिए । भ्रमणका अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले समकक्षी यीलाई यसैवर्ष उपयुक्त समयमा नेपाल भ्रमण गर्न निमन्त्रणा दिएका छन् ।