नागरिक उन्मुक्ति पार्टीको विवाद उत्कर्षमा,  रेशम - रञ्जिता पक्षबीच कुटाकुट

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको विवाद उत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र रेशम चौधरीबीचको विवादले पार्टी विभाजनको संघारमा पुगिसकेको छ ।

पार्टी केन्द्रीय कार्यालय अनामनगरमा बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षबीच कुटाकुट भएको छ ।

रञ्जिता सरकारमा सहभागी हुनुपर्ने पक्षमा थिइन् भने रेशम पक्षले प्रतिपक्षमा बस्नुपर्ने अडान लिएको थियो । सोही क्रममा टिकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विकमाथि हातपात भएको हो । उनीहरु दुवै जना रञ्जिता पक्षधर हुन् ।