असुरक्षित भएको भन्दै रेशम चौधरीको आकस्मिक पत्रकार सम्मेलन !

काठमाडौँ - नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले पत्रकार सम्मेलन गरेका छन् ।

पार्टीका नेताहरुले नै रेशम चौधरीले आफूहरुलाई हत्या गर्ने धम्की दिएको भनेर रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेको केहीबेरमा रेशमले पनि पत्रकार सम्मेलन गरेका हुन् ।

उनले आफुहरु बरु असुरक्षित भएको दाबी गरे । आफूहरुमाथि गलत आरोप लगाउनेहरुले नै उल्टै धम्की दिएको रेशमको भनाई छ ।