बाँसबारीको जग्गाबारे मालपोतको फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ - बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा सरकारको नाममा ल्याउन मालपोत कार्यालयले गरेको निर्णयको फाइल झिकाउन सर्वोच्च अदालतले आदेशको दिएको छ ।

अरुण चौधरी अध्यक्ष रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा रहेको जग्गा सरकारको नाममा ल्याउने प्रक्रियाविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले मालपोतको फाइल झिकाउने आदेश दिएको हो ।