SHARE
अन्नपूर्ण · बुधबार २१ असो २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

राष्ट्रिय टोलीबाट मेस्सीको भावुक बिदाइ, २१ वर्षे अन्तर्राष्ट्रिय फुटबल यात्राको अन्त्य

काठमाडौं : अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट भावुक बिदाइ लिएका छन् । ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजार समर्थकमाझ बेनिनलाई ३-० ले पराजित गर्दै उनले २१ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल यात्राको अन्त्य गरेका हुन्।३९ वर्षीय मेस्सीले आफ्नो कीर्तिमानी २०८औँ अन्तर्राष्ट्रिय खेलमा १२६औँ गोल गर्दै बिदाइलाई अविस्मरणीय बनाए । उनले निकोलस ओटामेन्डीको पहिलो गोलका लागि सहयोग गरे भने निको पाजले अर्को गोल गरे ।