SHARE
कालिका खबर · बुधबार २१ असो २०८३ ०३:२४ AM · 1 मिनेट पढाइ

बिदाइ खेलपछि भावुक बने मेस्सी: ‘जीवनभर अर्जेन्टिनाको जर्सी लगाएर खेल्न चाहन्थेँ’

काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सी आफ्नो बिदाइ खेलपछि भावुक देखिएका छन्। अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट दुई दशकभन्दा बढी समय प्रतिनिधित्व गरेका मेस्सीले देशको जर्सी लगाएर खेल्न पाउनु आफ्नो जीवनकै ठूलो गौरव भएको बताएका छन्। भावुक हुँदै मेस्सीले कठिन परिस्थितिमा समेत आफूले संघर्ष गर्न कहिल्यै नछोडेको र मैदानमा आफ्नो शतप्रतिशत दिने प्रयास गरेको बताए। “अब मसँग धन्यवाद दिनुबाहेक केही बाँकी छैन। २० वर्षभन्दा बढी समय अर्जेन्टिनाको जर्सी लगाएर देशको प्रतिनिधित्व गर्न पाउनु मेरा लागि अत्यन्त गर्वको कुरा हो,” मेस्सीले भने। उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट फेरि मैदानमा फर्किन नपाउनु आफूका लागि पीडादायी हुने बताए।