को हुन् कांग्रेस उपसभापतिमा निर्विरोध निर्वाचित पुष्पा भुसाल ?
अर्घाखाँची : नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट पुष्पा गौतम (भुसाल) पुनः केन्द्रीय उपसभापतिमा निर्विरोध निर्वाचित भएकी छन्। अर्घाखाँचीको पोखराथोकमा २०१७ साल फागनु १ गते जन्मिएकी उपसभामुख हुँदै नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा निर्वाचित भएकी भुसाल १५ औं महाधिवेशनबाट पनि उपसभापतिमा निर्वाचित भएकी हुन् । नेपाली कांग्रेसको केन्द्रीय उपसभापति महिला कोटामा अन्य कसैले पनि उम्मेदवारी नदिएपछि उनी निर्विरोध बनिन्।
