SHARE
अन्नपूर्ण · बुधबार २१ असो २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

बाढीले उद्योग बगायो, किस्ता तिर्न बैंकको ताकेता

नुवाकोट : भदौ १० गतेको भोटेकोशी बाढीले नुवाकोटका ३५ भन्दा बढी उद्योगमा क्षति पुर्‍याएको छ। उद्योग बगाउँदा, मेसिनरी र पूर्वाधारमा क्षति पुग्दा २ अर्ब रुपैयाँभन्दा बढीको भौतिक नोक्सानी भएको र १ हजारभन्दा बढी  श्रमिक तथा कर्मचारी प्रभावित भएको उद्योगीहरूले बताएका छन्।बाढीका कारण विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाका विभिन्न वडामा सञ्चालित उद्योगहरू प्रभावित भएका छन्।