SHARE
अन्नपूर्ण · बुधबार २१ असो २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

बागचन्दसहित ४ न्यायाधीश सर्वोच्चमा, २ सदस्यको फरक मत

काठमाडौं : न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि उच्च अदालतका मुख्य न्यायाधीशसहित ४ जना न्यायाधीशहरूलाई सिफारिस गरेको छ। परिषद्का अध्यक्ष एवं  प्रधानन्यायाधीश  डा. मनोजकुमार शर्माको अध्यक्षतामा मंगलबार बसेको बैठकले उच्च अदालतका मुख्य न्यायाधीश एवं न्यायाधीशहरूलाई  सिफारिस गरेको हो।