कांग्रेसको वरिष्ठ उपसभापतिमा शर्मा निर्विरोध निर्वाचित
काठमाडौं : विश्वप्रकाश शर्मा नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। राष्ट्रिय सभा गृहमा वरिष्ठ उपसभापति पदमा एकल उम्मेदवारी परेपछि शर्मा निर्विरोध निर्वाचित भएका हुन्।यद्यपि, औपचारिक घोषणाका लागि भने केही समय कुर्नुपर्नेछ।यसअघि उनी विशेष महाधिवेशनबाट उपसभापति बनेका थिए। त्यसअघि उनी पार्टीको महामन्त्री थिए। सभापतिसमेत रहेका गगन थापा र शर्मा १४औं महाधिवेशनबाट महामन्त्री बनेका थिए।
