SHARE
अन्नपूर्ण · मङगलबार २० असो २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

मोदीको २५ वर्षे नेतृत्व : भारतीय मन्त्रिपरिषद्ले पारित गर्यो बधाई प्रस्ताव

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार प्रमुखका रूपमा निरन्तर २५ वर्ष पूरा गरेको अवसरमा भारतको केन्द्रीय मन्त्रिपरिषद्ले बधाई प्रस्ताव पारित गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मोदीको २५ वर्षे निरन्तर नेतृत्वलाई ‘राष्ट्र प्रथम’ र ‘नागरिक प्रथम’को भावनाबाट निर्देशित यात्राका रूपमा प्रस्तुत गर्दै प्रस्ताव पारित गरेको भारतको प्रेस इन्फर्मेसन ब्युरो (पीआईबी)ले जनाएको छ।