SHARE
अन्नपूर्ण · मङगलबार २० असो २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन : गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौं  : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्। थापाले साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन समितिले वर्षाका कारण केही आकांक्षीले उम्मेदवारी दिन छुटेको हुनसक्ने भन्दै समय बढाएर बेलुकी ७ बजेसम्म पुर्‍याएको हो।