बाढी प्रभावितका लागि अस्थायी आवास बनाउने निर्णय
काठमाडौं : गत भदौ १० भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुका लागि सरकारले अस्थायी आवास निर्माणको काम अगाडि बढाउने निर्णय गरेको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मंगलबार बसेको बैठकले विभिन्न साझेदार संघसंस्था तथा स्थानीय तहसँगको सहकार्यमा तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढाउने निर्णय गरेको हो।
