SHARE
कालिका खबर · मङगलबार २० असो २०८३ ११:२१ AM · 1 मिनेट पढाइ

ग्लोबल आइएमई बैंकको डीसीईओमा दीपचन्द्र रेग्मी बढुवा

काठमाडौँ। ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा भएका छन्। मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो। रेग्मी यसअघि बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। उनले सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गरेका थिए भने सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध छन्। बैंकमा रहँदा रेग्मीले प्रमुख वित्तीय अधिकृत (सीएफओ), प्रमुख मानव संसाधन अधिकृत (सीएचआरओ), प्रमुख कर्जा अधिकृत (सीएलओ) तथा ट्रेड फाइनान्स प्रमुखलगायतका जिम्मेवारी सम्हालिसकेका छन्।