SHARE
अन्नपूर्ण · मङगलबार २० असो २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

कोशीको खेलकुद रणनीति फेरिँदै : कमजोर खेलमा ‘एक्सपोजर’, बलियो खेलमा साझेदारी

विराटनगर : प्रतियोगिता आउँदा खेलाडी खोज्ने र पदक जितेपछि पुरस्कार दिने परम्परागत शैलीबाट बाहिर निस्कँदै कोशी प्रदेशले खेलाडी उत्पादन र खेल विधाको विकासलाई दीर्घकालीन योजनासँग जोड्ने तयारी थालेको छ। कमजोर खेललाई सुधार्न अन्य प्रदेशसँग प्रशिक्षण र प्रतियोगिताको साझेदारीदेखि पदक विजेतालाई निरन्तर प्रोत्साहन गर्ने योजनासम्म अघि सारिएको छ।