SHARE
अन्नपूर्ण · मङगलबार २० असो २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

सुरेन्द्रराज पाण्डेले उपसभापति पदमा गराए उम्मेदवारी दर्ता

काठमाडौं : नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले उपसभापति पदमा मनोनयन दर्ता गराएका छन्।  उनी गण्डकी प्रदेशका मुख्यमन्त्री हुन्।कांग्रेसको १५ औं महाधिवेशनमा उनले केहीबेर अघि उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। यसैगरी समावेशी उपसभापतिमा जीवन परियारले मनोनयन दर्ता गराएका छन्। काठमाडौंको राष्ट्रिय सभागृहमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ।