SHARE
अन्नपूर्ण · मङगलबार २० असो २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदका लागि मनोनयन दर्ता गराएका छन्। उनले वारिसमार्फत मनोनयन दर्ता गराएका हुन्।शर्माको तर्फबाट पुष्पराज पौड्यालले वारिसका रूपमा उम्मेदवारी दर्ता गराएका छन्।नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पद नयाँ थप गरिएको हो। यो पदलाई सभापतिपछिको वरीयतामा राखिएको छ।