आगामी निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ : अध्यक्ष घिसिङ
काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेशसभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दाबी गरेका छन्। मंगलबार हेटौंडामा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा घिसिङले बागमती प्रदेशमा सरकार गठन गर्ने आधार तयार भइसकेको दाबी गरेका हुन्। उनले उज्यालो नेपाल पार्टी प्रदेशमा मात्रै सीमित नभएर संघीय सरकारको नेतृत्व गर्ने उद्देश्यसहित अघि बढेको बताए।
