पुनरुत्थान योजना ल्याउन सरकारसँग उद्योग वाणिज्य महासंघको माग
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायीहरूका लागि तत्काल पुनरुत्थान योजना ल्याउन सरकारसँग माग गरेको छ।सिंहदरबारमा मंगलबार बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’सम्बन्धी संसदीय विशेष समितिको बैठकमा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले हालैको विपद्का कारण साना पुँजी भएका व्यवसायीहरूको सर्वस्व गुमेको अवस्था रहेकाले उनीहरूका लागि पुनरुत्थान योजना ल्याउन सरकारसँग माग गरेका हुन्।
