SHARE
कालिका खबर · मङगलबार २० असो २०८३ ०८:१६ AM · 1 मिनेट पढाइ

काठमाडौँ स्विप अपरेसनमा १०१ जना पक्राउ

काठमाडौँ : काठमाडौँ प्रहरीले ‘स्विप अपरेसन’ अन्तर्गत गएको २४ घण्टामा एकसय एक जनालाई पक्राउ गरेको छ। अपराध रोकथाम तथा नियन्त्रणका लागि सञ्चालित स्विप अपरेसनका क्रममा असोज १९ गतेदेखि असोज २० गते बिहान ६ बजेसम्म काठमाडौँका विभिन्न स्थानबाट एक सय एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। पक्राउ पर्नेमा ८८ जना पुरुष र १३ जना महिला छन्। पक्राउ परेकाहरू सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, सार्वजनिक स्थल, यातायातका सवारी साधनमा सेवाग्राही तथा आम सर्वसाधारणमाथि हातपात, हुलहुज्जत, दुव्र्यवहार, चोरी, लुटपाट, बिचौलिया, गुण्डागर्दी जस्ता आपराधिक कार्यमा संलग्न रहेको आरोप प्रहरीले लगाएको छ।