SHARE
अन्नपूर्ण · मङगलबार २० असो २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

हमर्नप्रित कौरले दिइन् भारतीय महिला क्रिकेटको कप्तानबाट राजीनामा

काठमाडौं : भारतीय महिला क्रिकेट टिमकी कप्तान हमर्नप्रित कौरले एकदिवसीय, टी २० र टेष्ट तीनै फर्म्याटको कप्तानीबाट राजीनामा दिएकी छन्। उनले मंगलबार सामाजिक सञ्जाल इन्टाग्राममार्फत आफूले तीनै फम्र्याटको कप्तानीबाट राजीनामा दिएको बताएकी हुन्। ३७ वर्षीय हमर्नले कप्तानीबाट राजीनामा दिएपनि आफ्नो खेल करिअर भने निरन्तर राख्ने जानकारी दिएकी छन्। उनले कप्तानको रुपमा भारतलाई  ५ टेष्ट, ५१ एकदिवसीय र १५५ टी२० अन्तर्राष्ट्रिय खेलको नेतृत्व गरिन्।