SHARE
अन्नपूर्ण · मङगलबार २० असो २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

अधिवेशन र कांग्रेसको भावी दिशा

कांग्रेसले जनतासँगको सम्बन्धलाई फेरि आत्मीय बनाउनुपर्छ। निर्वाचनका बेला मात्र घरदैलो गर्ने र बाँकी समयमा जनताको जीवनबाट टाढा रहने राजनीति अब पर्याप्त छैन। किसानको खेतमा देखिने समस्या, श्रमिकको पसिनामा लुकेको पीडा, युवाको भविष्यप्रतिको चिन्ता, उद्यमीको संघर्ष, विद्यार्थीको सपना, महिलाको आकांक्षा र विदेशमा रहेका नेपालीको मनमा रहेको देशप्रतिको सम्बन्ध—यी सबै कांग्रेसको राजनीतिक सरोकार बन्नुपर्छ।