SHARE
अन्नपूर्ण · मङगलबार २० असो २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

कांग्रेस सभापतिमा उम्मेदवारी दिने किशोरसिंह राठौरको घोषणा

काठमाडौं : नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राठौरले कांग्रेसलाई एकताबद्ध बनाउन आफूले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कांग्रेसभित्र विभाजन बढेको उल्लेख गर्दै उनले आगामी स्थानीय र प्रदेश निर्वाचनमा त्यसको प्रभाव देखिन सक्ने बताए ।