SHARE
अन्नपूर्ण · मङगलबार २० असो २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

फास्ट ट्र्याकमा विलम्ब : सेनाको खरिद प्रक्रियामा योजना आयोग सदस्यले उठाए प्रश्न

काठमाडौं : काठमाडौंलाई तराईसँग जोड्ने लाइफलाइन मानिएको फास्ट ट्रयाक आयोजना अहिले नीतिगत झन्झट र खरिद प्रक्रियाको पर्खालभित्र थुनिएको छ। चार वर्षको भाका नाघिसक्दा पनि आधामात्रै काम सकिएपछि राष्ट्रिय गौरवको आयोजनामा प्रगतिमा आलोचना भइरहेको छ। चौतर्फी दबाबबीच ढिलो गरी भए पनि सरकार आयोजनाका गाँठाहरू फुकाउँदै निर्माणलाई तीव्र गति दिने नीति र कार्यविधि परिवर्तनको गृहकार्यमा तातिएको छ।