SHARE
अन्नपूर्ण · मङगलबार २० असो २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

गुमनाम हिमालका हिरोहरू

काठमाडौं : काठमाडौंको कोलाहल छाडेर जब आँखाहरू उत्तरतिर सोझिन्छन्, चाँदीजस्तै टल्कने ती हिमशृंखलाहरूले मानौं कुनै अलौकिक दुनियाँको निमन्त्रणा दिइरहेका हुन्छन्। सर्वाेच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) सहितविश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये ८ वटा त हाम्रै आँगनमा उभिएका छन्। प्रत्येक वर्ष हजारौं विदेशी आरोहीहरू आफ्नो सपना, महत्त्वाकांक्षा र लाखौं डलरको बजेट बोकेर यहाँ आइपुग्छन्।