SHARE
अन्नपूर्ण · मङगलबार २० असो २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

‘मलेसिया रोजगार बन्द हुने डर देखाएर सिन्डिकेट लागू गर्न खोजियो’

काठमाडौं : मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमए) मा नेपालका २५ मुख्य र तिनका १०–१० वटा गरी २ सय ७५ म्यानपावर कम्पनीलाई मात्र सूचीकृत गरिएपछि वैदेशिक रोजगार क्षेत्र अझै तरंगित छ। मलेसियाले गत सोमबार सूचना जारी गरी नेपालसहित बंगलादेश, म्यानमार, भारत र पाकिस्तानबाट एफडब्लूसीएमए पोर्टलमा सूचीकृत एजेन्सीमार्फत मात्रै श्रमिक भर्ना गर्ने जनाएको थियो।