कांग्रेस सभापतिमा उम्मेदवारी दिने किशोरसिंह राठौरको घोषणा
काठमाडौँ : नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। पूर्वसहमहामन्त्रीसमेत रहेका राठौरले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन्। उनले सभापति पदमा उम्मेदवारी घोषणा गर्दै पार्टी मिलाउन सक्ने पनि बताए। ‘म प्रधानमन्त्री बन्न र सभापति मात्रै बन्नका लागि उम्मेदवारी दिन लागेको होइन, म सभापति भए पार्टी मिलाउँछु,’ उनले भने। १५ औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यक्रम छ। उनले जेनजी आन्दोलन, विशेष महाधिवेशन र कांग्रेसले चुनाव हारेपछि आफू दु:खी भएर जिल्लामै बस्दै आएकोसमेत बताएका थिए। राठौर नेविसंघ अध्यक्ष हुँदै पार्टी राजनीतिमा सक्रिय भएका नेता हुन्।
