SHARE
अन्नपूर्ण · मङगलबार २० असो २०८३ ११:०० AM · 1 मिनेट पढाइ

राज्यको सूचना चुहावट गर्ने जोसुकै होस्,उन्मुक्ति हुँदैन : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री सुदन गुरूङले देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने बताएका छन्। सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरूङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने व्यक्तिलाई कानुनको कठघरामा ल्याइने बताएका हुन्।‘राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्,कुनै उन्मुक्ति पाउने छैन,कानुनको कठघरामा ल्याइनेछ,’उनले भनेका छन्।