एआईको जवाफदेहिता मानिसमै रहनुपर्छ, मेसिनमा होइन : प्रधानन्यायाधीश
ललितपुर : प्रधानन्यायाधीश डा. मनोजराज शर्माले न्यायलाई भौतिक संरचनामा मात्र सीमित राख्दा कानुनी शासन कमजोर हुने चेतावनी दिएका छन्।ललितपुरमा सोमबारदेखि सुरु भएको १७ औं एसिया प्यासिफिक क्षेत्रीय इन्टरनेट सुशासन मञ्चलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश शर्माले प्रविधिको अभावमा सम्पूर्ण सेवा र कार्यप्रणाली ठप्प हुने स्थिति रहेको बताए। ‘इन्टरनेट र सूचना प्रविधि सार्वजनिक संस्थाको कार्यसम्पादनको अभिन्न अंग बनिसकेको छ,’ उनले भने।
