SHARE
अन्नपूर्ण · मङगलबार २० असो २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

७७ वर्षका झलनाथ खनालको अझै ‘राजनीतिक तृष्णा’

काठमाडौं : प्रधानमन्त्री भइसकेका झलनाथ खनालसँग सत्ताको अनुभव छ। नेकपा एमालेका पार्टी अध्यक्ष भइसकेका उनीसँग संगठन चलाएको अनुभव पनि छ। तर, अहिले उनीसँग न संसद्को जिम्मेवारी छ, न पार्टीको सर्वोच्च नेतृत्व।जीवनको साढे सात दशक पार गरिसकेका खनाल ‘वाम वाम सँगै जाऔं’को अभियान सुरु गर्ने दिशामा छन्। वाम एकतालाई आफ्नो राजनीतिक अभियानको केन्द्र बनाउने बाटोमा छन्। जीवनको उत्तरार्धमा उनले नयाँ कदम चालेका छन्।