एनएलजी इन्स्योरेन्सको सीईओमा सुनिल बल्लभ पन्त पुनः नियुक्त
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल बल्लभ पन्तले थप चार वर्ष निरन्तरता पाउने भएका छन्। कम्पनी सञ्चालक समितिको ४२१औँ बैठकले पन्तलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार पन्तको नयाँ कार्यकाल असोज २४ गतेदेखि सुरु हुनेछ। उनको यसअघिको कार्यकाल असोज २३ गते समाप्त हुँदै थियो। पुनर्नियुक्तिसँगै पन्तले एनएलजी इन्स्योरेन्सको सीईओका रूपमा लगातार दोस्रो कार्यकाल सम्हाल्नेछन्। नयाँ कार्यकाल पूरा गरेसँगै कम्पनीमा उनको कुल सीईओ कार्यकाल आठ वर्ष पुग्नेछ।
