SHARE
कालिका खबर · सोमबार १९ असो २०८३ ०१:४६ PM · 1 मिनेट पढाइ

भाटभटेनीमा सपिङ गर्दा २ वटा टाटा पन्च ईभी जित्ने मौका

काठमाडौं । नेपालीहरूको प्रमुख चाडपर्व दशैं, तिहार तथा छठलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केट र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि आकर्षक योजना सार्वजनिक गरेका छन्। योजनाअन्तर्गत भाटभटेनीमा चाडपर्वको किनमेल गर्दा ग्राहकले नयाँ टाटा पन्च ईभी जित्ने अवसर पाउनेछन्। योजना अनुसार भाटभटेनीका देशभर रहेका कुनै पनि स्टोरबाट एकपटकमा रु. २ हजार ५०० वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन्।