हिमालयन रि-इन्स्योरेन्सको अध्यक्षमा दीपेन्द्र कुमार मिश्र
काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समिति अध्यक्षमा दीपेन्द्र कुमार मिश्र चयन भएका छन्। कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको ९१औँ बैठकले रिक्त रहेको अध्यक्ष पदमा मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो। यसैबीच, सोही दिन बसेको सञ्चालक समितिको ९०औँ बैठकले संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना नयाँ सञ्चालक मनोनयन गरेको छ। नयाँ सञ्चालकमा नेपाल बैंक लिमिटेडका तर्फबाट होम बहादुर खड्का नियुक्त भएका छन्। त्यस्तै, हंसराज हुलासचन्द एन्ड कम्पनीका तर्फबाट नितेश तोदी सञ्चालक बनेका छन्। कालिका फिनकर्ष प्रालिका तर्फबाट पल्लव श्रेष्ठलाई पनि सञ्चालक समितिमा मनोनयन गरिएको कम्पनीले जनाएको छ।
