मनकामना केबलकार मंगलबार एक दिन बन्द, बुधबारदेखि नियमित सञ्चालन हुने
काठमाडौं । मनकामना केबलकार सेवा भोलि मंगलबार एक दिनका लागि बन्द हुने भएको छ। मनकामना दर्शन प्रालिले सूचना जारी गर्दै नियमित मर्मतसम्भारका कारण केबलकार सेवा बन्द रहने जनाएको हो। कम्पनीका अनुसार केबलकारलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन नियमित तालिकाअनुसार चाडपर्वअघि मर्मतसम्भारको काम गर्न लागिएको हो। मर्मतसम्भारका क्रममा केबलकार सेवा पूर्ण रूपमा बन्द रहनेछ। कम्पनीले यात्रु तथा भक्तजनलाई सेवा बन्द हुने विषयमा आवश्यक जानकारी लिन आग्रह गरेको छ। मर्मतसम्भारको काम निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ। सेवा बन्द रहने अवधिमा केबलकारसँग सम्बन्धित नियमित सञ्चालनका गतिविधि स्थगित हुनेछन्।
