भक्तपुरमा डेल्टा अटोकर्पको नयाँ शोरुम सञ्चालन, भेस्पा र अप्रिलियाका सम्पूर्ण मोडल उपलब्ध
काठमाडौं । भेस्पा तथा अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भक्तपुरको घलाते चोकमा नयाँ सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ। भेस्पा तथा अप्रिलिया स्कुटरप्रति बढ्दो ग्राहक आकर्षणलाई मध्यनजर गर्दै ग्राहकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले कम्पनीले देशभर शोरुम विस्तार गर्ने क्रममा भक्तपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको जनाएको छ। नयाँ शोरुमबाट ग्राहकले कम्पनीका अन्य शोरुमसरह बिक्री, सेवा तथा विभिन्न सुविधाहरू प्राप्त गर्नेछन्। शोरुममा कम्पनीले हालै नेपालमा सार्वजनिक गरेको १७५ सीसी क्षमताको अप्रिलिया एसआर १७५ समेत बिक्रीका लागि उपलब्ध रहेको छ।
